चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः क्षेत्री चयन
हेटौंडा ७ मा रहेको न्युरेनि चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री चयन हुनुभएको छ ।
शनिबारदेखि शुरु भएको समुहको ३० औं बार्षिक साधारणसभा एवं आज भएको अधिवेशनले तेस्रोपटकका लागि पुनः क्षेत्रिलाई सर्वसम्मत चयन गरेको हो । यस्तै समुहको उपाध्यक्षमा पुनः रामचन्द्र अधिकारीलाई चयन गरेको छ ।
यसैगरी समुहको सचीवमा शान्ति तिमल्सिना, कोषाध्यक्षमा बिजय गौतम र सहसचिवमा शुभद्रा घिसिङ चयन हुनुभएको छ भने सदस्यहरुमा दामोदर अधिकारी, तेजप्रसाद मैनाली(दिपक), सुशीला पाखृन, शर्मिला गौतम, सरस्वती कोइराला र कमला पोखरेल चयन हुनुभएको निर्वाचन संयोजक प्रल्हाद शर्मा आचार्यले जानकारी दिनुभयो ।
साधारणसभाको समापनका प्रमुख अतिथि ७ नम्बर वडा अध्यक्ष राजन थापाले सामुदायिक वनलाई संरक्षण सङ्गै वन पैदावरको समुचित उपयोगका साथै उपभोक्ताको आयाअर्जन वृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समुहको नीतिनिर्माणमा सहयोग गर्नुभएका चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचीव केदार गौतमलाई सम्मान गरिएको थियो ।