नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा विरोध सभा गर्ने

छहारी संवाददाता
फाल्गुन २, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा विरोध सभा गर्ने भएको छ ।

भोली दिँउसो विरोध र्यालीसहित उद्योग वाणिज्य संघ चोकमा सभा गर्ने पार्टीका प्रवक्ता प्रदीप कोईरालाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पार्टी कार्यालय हेटौंडामा भएको पत्रकार सम्मेलनमा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सरकारले संविधान माथि कुठाराघात गरेको आरोप लगाउँदै तत्काल संसद पुर्नस्थापना हुनुपर्ने माग गर्नुभयो ।

उहाँले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले अदालतले विघटनलाई मान्यता दिए त्यसलाई आत्मसाथ गरी निर्वाचनमा जाने बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरले भोलि बिहान साढे १२ बजे पार्टी कार्यालयबाट र्यालीसहित नगर परिक्रमा पछि विरोध सभा गर्ने जनाएको छ । र्याली पार्टी कार्यालयबाट मानसचोक, लोकप्रिय होटल, हुँदै उद्योग वाणिज्यसंगमा पुगेर विरोध सभामा परिणत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*