बागमती प्रदेशका किसान सामुहिक तरकारी, अन्न खेती तथा माछा पालनमा आकर्षित

७८९ कृषकले एक हजार ७४४ बिघा जग्गामा सामुहीक खेती र माछापालन गर्दै
छहारी संवाददाता
फाल्गुन २, २०७७

बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत किसानलाइ सामुहिक खेती तर्फ आकर्षण गरिएको छ । सामुहिक रुपमा तरकारी, अन्न खेती संगै माछा पालनमा किसान आकर्षित भएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार वाग्मती प्रदेशको ४ स्थानसहित सिन्धुलीको दूधौली नगरपालिका, चितवनको माडी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती गाउँपालिका तथा नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकामा गरी ७ सय ८९ कृषक घरधुरीले एक हजार ७ सय ४४ बिघा जग्गामा सामूहिक चक्लाबन्दी गरी आधुनिक एवं यान्त्रिकीकरणको माध्ययमबाट अन्नबाली, तरकारीबाली, माछापालन, फलफूलखेती गर्दै आइरहेको मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा यस मन्त्रालयले महत्वपुर्ण गरेको काम मध्यमा यो पनि एक हो ।

प्रदेशका २ सय ४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी करिब आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको छ । प्रत्येक जिल्लामा कम्तीमा एकएक वटा एकीकृत कृषि पर्यटन कार्यक्रम अनुरूप प्रदेशका विभिन्न जिल्लामा कृषि पर्यटन प्रवद्र्धनको लागि कालिज फार्म, स्थानीय कुखुरा फार्म, टर्की फार्म, कडकनाथ र उँटेभेडा ९अल्पका० फार्म स्थापना भई सञ्चालनमा आएको उहाँले वताउनुभयो ।

कृषि उत्पादनलाई उत्पादन स्थलदेखि बजारसम्म पु¥याउन पहुँच स्थापित गर्ने गरी कृषि सडक निर्माण गर्ने नीतिअनुरूप प्रदेशको १ सय ६७ स्थानमा करीब ५ सय ७२ किलोमिटर साना कृषि सडकको निर्माण तथा मर्मत भई कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ । प्रदेशभरमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको मन्त्री लामाले वताउनुभयो ।

चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्ता समक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ । कृषिमा आत्मानिर्भर हुन तथा निर्यातयोग्य कृषि उपजको उत्पादकत्व वृद्धि गर्न कृषि फार्म स्थापना र सञ्चालन गर्न निजी क्षेत्र तथा सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीतिअनुरूप रेन्बो ट्राउटको रेशवे निर्माण, ह्याचरी, दाना उद्योग र स्टोर घर सञ्चालन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*