हेटौंडाको न्युरेनी चिसापानी सामुदायिक वनको ३० औं साधारणसभा
हेटौंडा –७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३० औं वार्षिक साधारणसभा शनिबारदेखि शुरु भएको छ । समुहका अध्यक्ष ज्ञान बहादुर चौलागाईंको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फेकोफन जिल्ला अध्यक्ष चौलागाईंले सामुदायिक वनलाई उधम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने बताउनुभयो । वन ऎन संसोधनको लागि फेकोफनले गरेको निरन्तरताकै कारण अहिले प्रदेश सरकारले वनजन्य उधम स्थापना गर्न कुनै दुरि नलाग्ने निर्णय गरेको बताउनुभयो । अब सामुदायिक बन समूह बन संरक्षण गर्नेमात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समुहका अध्यक्ष चौलागाईंले समुहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि समुहले आज र भोलि साधारणसभा संचालन गरेको जानकारी दिनुभयो । यस्तै समुहले दुनाटपरी बनाउनको लागि मेसिन खरिद गरि उपभोक्तालाई तालिम समेत प्रदान गरिसकेको बताउनुभयो ।
यसैगरी समुहका सचीव शान्ती तिमल्सिनाले समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले समुहको आर्थिक प्रतिवेदन र आगामी बर्षको लागि १२ लाख बराबरको अनुमानित आयब्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा समुहका सल्लाहकार रघु आचार्य, रानी सामुदायिक वन समुहका अध्यक्ष कृष्ण बिडारी, डिभिजन वन कार्यालय हेटौंडाका वन प्राबिधिक निश्चल घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभयो ।
समुहको भवनमा शुरु भएको साधारणसभा आईतवार नयाँ कार्यसमिति चयन गरि समापन हुने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो । ७१दशमलव १२ हेक्टर क्षेत्रमा फैलिएको वन समुहमा कुल २सय ३३ सदस्य घरधुरी छन् ।