मुलुकमा धार्मिक द्वन्द चर्केला भन्ने कमल थापाको चिन्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताउनु भएको छ । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताउनुभयो ।
शुक्रबार राप्रपाद्वारा हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरेको देशसञ्चारले लेखेको छ ।।
थापाले निर्वाचन प्रणाली खर्चिलो भएको, निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२र०६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।