उद्यमशिलता, रोजगारी, नागरिकको जीवनस्तरमा सुधार बागमती प्रदेश सरकारको तीन वर्षे उपलब्धिः प्रदेश प्रमुख प्रसाई

छहारी संवाददाता
माघ २९, २०७७

बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रमा प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।

बागमती प्रदेश सरकारको तेस्रो बार्षिकोत्सव कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले प्रदेश सरकार ३ बर्षको अवधीमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक बृद्धि दर हासिल गर्न क्रियाशिल रहेको बताउनुभयो ।

प्रदेश सरकारले संविधानको मर्म र भावनालाई बुझेर आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक जनताको माझमा लैजान गरेको प्रयास जनमुखी रहेको बताउनुभयो । अहिले राजनीतिक आन्दोलन होइन शान्तिपूर्ण रुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चालेको बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुबर्षिय योजना कार्यान्वयन गर्न गरिएको प्रयास जनताबीच लोकप्रिय रहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*