मनकामना दुग्ध उत्पादक सहकारीको अध्यक्षमा अर्जुन दाहाल निर्वाचित

छहारी संवाददाता
माघ २९, २०७७

मनकामना दुग्ध उत्पादक सहकारि सस्थां लिको अध्यक्षमा अर्जुन दाहाल निर्वाचित हुनु भएको छ । रोमनाथ रेग्मीलाई ५० मत अन्तरले पराजित गर्दै दाहाल  निर्वाचित भएका हुन् ।

संस्थाको संचालक समिति तथा लेखा समितीका अरु सबै पद निर्विरोध भएपनी अध्यक्ष पदमा सहमति जुटन नसकेपछि बिहिबार मतदान भएको थियो ।

कूल ३ सय ७३ मतदाता मध्ये निर्वाचनमा ३ सय ३५ जना सहभागि भएका थिए जस मध्ये ५ मत बदर भएको थियो । दाहालले १ सय ९० मत प्राप्त गर्नुुुभयो भने रेग्मिले १ सय ४० मत प्राप्त गर्ननु भएको थियो ।

अन्य निर्विरोध हुनेहरुमा उपाध्यक्ष केदार प्रसाद लम्साल , जिल्ला प्रतिनिधि सदस्यमा जनक प्रसाद रेग्मी, सदस्यहरु हरि प्रसाद दाहाल, सरस्वती अधिकारी, धर्म प्रसाद तिमल्सिना, कृष्ण प्रसाद लामिछाने, कविता न्यौपाने र सानुकान्छा वाईबा रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*