झाँक्रीलाई तत्का रिहा गर्न कमल थापाको माग

छहारी संवाददाता
माघ २९, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमध्येका एक कमल थापाले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

बिहीबार दिउँसो ट्वीट  गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित नगर्न आग्रह गर्दै झाँक्रीलाई रिहा गर्न माग गर्नुभएको हो ।

थापाको ट्वीटमा “रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्।
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्” भनिएको छ ।

नेतृ झाँक्रीलाई पक्राउपछि विभिन्न राजनीतिक दलका नेताहरूले उनको रिहाइको माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*