चार दलको रणनैतिक मोर्चाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

छहारी संवाददाता
माघ २९, २०७७

सरकारको असंवैधानिक कदमविरुद्ध चार राजनीतिक दलले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणासहितको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो। नेकपाका चार राजनीतिक दलले माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति)नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

सार्वजनिक संघर्ष कार्यक्रममा ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा आयोजना गर्ने जनाइएको छ ।

चार दलबाट जारी तत्कालको रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल चयन गरिएको छ । साथै, अझैँ केहीलाई केन्द्रीय समितिमा थप गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*