ट्रान्परेन्सीले देखाए जस्तो नेपालमा भ्रष्टाचार छैनः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठ

छहारी संवाददाता
माघ २८, २०७७

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले ट्रान्परेन्सी इन्टरनेस्नलले देखाए जस्तो नेपालमा भ्रष्टाचार नभएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा उहाँले भारतमा भन्दा नेपालमा धेरै भ्रष्टाचार भयो भन्नु गलत रहेको बताउनुभयो । उहँँले धन्नुभयो–भ्रष्टाचार नेपालमा नभएको नै भने होइन तर भारतको भन्दा धेरै भन्नु चाही गलत हो । कर्मचारी अभावका कारण प्रदेश लोकसेवा आयोगलाइ काम गर्न समस्या भइरहेको पनि उहाँले गुनासो गर्नुभयो ।

‘‘भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनका लागि अपरिहार्य’’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव राधिका अर्याल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज घिमिरे, उच्च सरकारी वकील कार्यालय हेटौंडाका सह–न्यायधिवक्ता सन्देश श्रेष्ठ, इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, सिटिजनजुरी मकवानपुरका अध्यक्ष देव कुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका प्रहरी नायव उपरिक्षक भिमकिरण बोगटी लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अख्तियार दुरुपयोग अनुसंधान आयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका निम्त्ति प्रमुख सिनियर डिभीजन इन्जिनियर अखण्ड शर्माको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*