ल्होसार पर्वको अवसरमा तीन दिन बिदा
सोनाम ल्होसार पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँकार्यपालिकाको बैठकले यही माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले भने माघ ३० गते देशभर ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले माघ ३० गते शुक्रबार नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिको मौलिक पर्व हो ।