आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

छहारी संवाददाता
माघ २७, २०७७

प्रचण्ड-नेपाल पक्षले नेकपा आधिकारिकताको दाबी गरेको एक सातापछी प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुग्नुभएको छ। आधिकारिक रुपमा नेकपा आफूहरुको भएको दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्नुभएको हो ।  प्रधानमन्त्री ओलीले बैशाख १७ र २७ गतेका लागि घोषित मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बुझिएको छ ।

आयोगले यही माघ १६ गते नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर गत साता आधिकारिकता दाबी गरिसकेका छन् । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*