उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, १७१ जना अझै बेपत्ता

छहारी संवाददाता
माघ २७, २०७७

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य जारी रहेको देशसञ्चारले लेखेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घाइतेहरुलाई भेट्न आइटिबिपी अस्पताल गएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ताहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रात भर पनि सक्रिय थिए । उत्तराखण्डको जोशीमठमा आइतबार अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको थियो । जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् ।

यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमाअ अझै ३०–३५ जना फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*