उत्तराखण्डः हिमपात फुटेर आएको बाढीमा हराइरहेकामध्ये १० जनाको शव निकालियो, २५ को उद्धार

छहारी संवाददाता
माघ २६, २०७७

भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ ।

तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ । अझै डेढ सयभन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि प्रहरी, सेना, स्थानीय नागरिक लगायत झण्डै २५० जनाको टोली खटिएको, उज्यालो अनलाइनले लेखेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वा​युसेना तयारी अवस्थामा राखिएको जानकारी गराउनु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियो । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*