युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने उदेश्यले प्रविधिको प्रयोगमा जोडः हेटौंडा उपमहानगरपालिका

२० वटा समुह र सहकारीलाई चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको प्रविधि अनुदान सहयोग सम्झौता
छहारी संवाददाता
माघ २४, २०७७

हेटौंडा उपमहानगरपालिकाले युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने उदेश्यले प्रविधिको प्रयोगलाई जोड दिएको छ ।

त्यसका लागि विभिन्न कृषि उपकरणको सहयोग गर्ने सम्बन्धि सम्झौता भएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो । किसानलाई परमपरागत ढंगले खेती गर्न जनशक्ति धेरै लाग्ने तर आममदानी कम हुने भएपछी स्थानीय सरकारले प्रविधि सहयोग हस्तानतरण कार्यक्रम ल्याएको हो ।

हेटौंडाका विभिन्न समुह, सहकारी र किसानका फमलाई मिनी टिलर, हाते ट्याक्टर, स्प्रेयर, पावर टिलर, धान काट्ने मेसीन, मकै रोप्ने मेसिन, च्याप कटर र ठुलो ट्याक्टरमा अनुदान रकम दिन लागिएको मेयर महतले बताउनुभयो । ५० प्रतिशत उपमहानगरपालिका र ५० प्रतिशत सहकारी तथा समुहको रकमबाट कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन लागिएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाले २० वटा समुह र सहकारीलाई चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको अनुदान सहयोगबाट कृषि क्षेत्रमा प्रविधि भित्रयाउन लागेको हो ।

हेटौंडा १२ को नबज्योती कृषक समुहलाई मिनी टिलर, हेटौंडा ९ को हाम्रो कृषि तथा पशुपालन फर्मलाई हाते ट्याक्टर, हेटौंडा १२ कै आग्रेली कृर्षक समुहलाई हाते ट्याक्टर र स्प्रेयर, हेटौंडा १८ को कालिका उद्यमी समुहलाई हाते ट्याक्टर, हेटौंडा ११ को हाम्रो कृषि सहकारी संस्था लिमीटेडलाई पाओर टिलर, हेटौंडा ७ को वनदेवि कृषि उद्यमी समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसीन खरिदमा ५० प्रतिशत अनुदान रकम दिन लागिएको छ ।

यस्तै हेटौंडा ३ को सिमलथली युवा कृषक समुहलाई धान काट्ने मेसिन, हेटौंडा ६ को गौरीटार कृषक समुहलाई हाते ट्याक्टर र धान काट्ने मेसिन, हेटौंडा ६ कै जनता कृषि सहकारी संस्थालाई पावर टिल, हेटौंडा १५ को चुरेशिखर कृषि सहकारी संस्था लिमीटेडलाई हाते ट्याक्टर, हेटौंडा १६ को हिमचुली कृषि सहकारीलाई मकै रोप्ने मेसिन, हेटौंडा १२ को गुप्तेश्वरी कृषि सहकारी संस्थाको लागि च्याप कटर र हाते ट्याक्टरका लागि अनुदान संझौता गरिएको मेयर महतले बताउनुभयो ।

यस्तै हेटौंडा १८ को हर्नामाडी युवा कृषि समुहलाई हाते ट्याक्टर, हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थालाई पावर टिलर र हाते ट्याक्टर, हेटौंडा ३ को बलदेवि कृषि फर्मका लागि पावर टिलर, हेटौंडा ११ को डाङडुङे प्रगतिशिल कृषक समुहका लागि धान काट्ने मेसिन, हेटौंडा ११ कै डाङडुङे कृषि तथा पशुपालन फर्मका लागि हाते ट्याक्टर, हेटौंडा ७ को सूर्योदय बहुउदेस्य कृषक समुहका लागि हाते ट्याक्टर र हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्थाका लागि ठुलो ट्याक्टरका लागि ५० प्रतिशत अनुदान रकममा संझौता गरिएको उपमहानरपालिकाका कृषि शाखाका प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*