हेटौंडा गोल्डकपको उपाधि आयोजक एफसी विजय युथ क्लब हेटौंडालाई

छहारी संवाददाता
माघ २३, २०७७

हेटौंडा गोल्डकप फुटबलको उपाधि आयोजक एफसी विजय युथ क्लब हेटौंडाले जितेको छ ।

हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा भएको प्रतिस्पर्धामा सेन्ट्रल कलेज विएफसी भरतपुरलाई २–१ गोलको अन्तरले पराजित गर्दै आयोजक विजय युथ क्लब हेटौंडाले उपाधि जितेको हो । विजय युथ क्लबको जितको लागि रुपेश केसी र शान्त गुरुङले १–१ गोल गरे ।

सेन्ट्रल कलेज विएफसी भरतपुरको तर्फबाट सान्त्वना गोल रन्जित मगरले गरेका थिए । दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । रन्जितले खेलको दोस्रो हाफमा १ गोल गर्दै टिमलाई अग्रता दिलाएपनि धेरैबेर टिकाउन सकेनन् ।

 

 

प्रतियोगितामा विजेता विजय युथ क्लबले नगद ३ लाख प्राप्त गरेको छ भने उपविजेता सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद सात हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।

 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विजय युथका अशोक बराल घोषित भए । वेस्ट डिफेन्डरमा विजय युथकै सुरज विष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, उच्च गोलकर्तामा उपविजेता बिएफसीबाट खेलेका विदेशी खेलाडी जोन ग्लोरी, वेस्ट फरवार्डमा विजय युथका विमल राना र वेस्ट कोचमा विजय युथकै सुविन घिमिरे घोषित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*