नारायणहिटीअगाडि ओली समूहको शक्ति प्रदर्शन, केहीबेरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै

छहारी संवाददाता
माघ २३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन्। उनीहरुले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत गरेको हो। काठमाडौंका विभिन्न स्थानबाट युवा, विद्यार्थी, खेलकुद महासंघ,जनजाति महासंघ घटकका संगठनहरू,प्रेस संगठनका कार्यकर्ताहरूको जुलुस निस्किएको हो।

अहिले नारायणहिटीअघि कार्यक्रम जारी छ। आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*