प्रचण्ड–नेपाल समूहले हेटौडामा गरेको प्रदर्शनमा खुकुरी प्रहार गर्ने दिलिप सञ्जेललाई मुद्धा चलाउने तयारी
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले हेटौडामा गरेको प्रदर्शनमा घुसेर खुकुरी प्रहार गर्ने दिलिप सञ्जेललाई प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।
हेटौडा ५ का सञ्जेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउने तयारी गरेको हो । बिहिबार दिउँसो हेटौडाको सिमा चोकमा भएको प्रदर्शनमा एक्कासी मोटरसाइकलमा आएको सञ्जेल समूहले बन्दकर्तालाई लक्षित गरी खुकुरी प्रहार गरेको थियो ।
उनलाई पक्राउ गरी जिप्रका मकवानपुरको हिरासतमा राखिएको छ। यता नेकपा प्रचण्ड–नेपाल समूहले ओलि सरकारले शान्तिपूर्ण आन्दोलनमा भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाएको छ । तथापी ओलीको कदम नसच्चिएसम्म आफुहरु चरणबद्ध आन्दोलनमै रहने उनिहरुको चेतावनी छ ।