हेटौडामा भएको प्रदर्शनमा अज्ञात समूहद्धारा बन्दकर्तामाथी खुकुरी प्रहारको प्रयास(तस्विरहरु)
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोधमा नेकपा प्रचण्ड–माधव समुहले हेटौडामा गरेको प्रदर्शनमा घुसपैड भएको सो समूहले आरोप लगाएको छ ।
आज दिउँसो सिमाचोकमा जम्मा भएका बन्दकर्ता माथी मोटरसाइकलमा आएको अज्ञात समूहले खुकुरी प्रहारको प्रयास गरेको थियो । ओलि सरकारले शान्तिपूर्ण आन्दोलनमा पुलिस परिचालन तथा भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको नेकपा प्रचण्ड–माधव समुहले आरोप लगाएको छ ।
प्रधानमन्त्री ओलीले संविधान विपरित संबैधानिक नियुक्ति गरेको बिरोधमा आफुहरु सडकमा उत्रिएको सो समूहले जनाएको छ । ओलीको कदम नसच्चिएसम्म आफुहरु चरणबद्ध आन्दोलनमा रहेको उनिहरुको चेतावनी छ ।
बन्द सफल पार्न नेकपाका केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेता कार्यकर्ताले बुद्धचोक, सिमाचोक लगायतमा भेला भई प्रदर्शन गरेका छन् । आमहड्तालको समयमा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।
हेटौडामा आमहड्त सफल पार्न जम्मा भएका बन्दकर्ता र प्रहरी बीच बिहान झडप भएको थियो । बिहान प्रहरीले बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ भने विद्यार्थी नेता रामकृष्ण शिवाकोटीलाई नियन्त्रण्मा लिएको थियो ।