प्रचण्डविरुद्ध परेको अपहेलनाको मुद्दामाथि आज बहस हुने

छहारी संवाददाता
माघ २०, २०७७

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको परेको मुद्दामाथि आज बहस हुनेछ। न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।

गएको शुक्रबार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता समीर हायूले मुद्दा दर्ता गर्नु भएको थियो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानूनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*