आज बस्ने भनिएको बाग्मती प्रदेशको बैठक स्थगित, बैठक सुचारुको माग गर्दै प्रचण्ड–माधव पक्षको नाराबाजी

छहारी संवाददाता
माघ १९, २०७७

बाग्मती प्रदेशको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको छ । यसैबिच, प्रदेशशभा बैठक स्थगित गरिएपछि प्रचण्ड-माधव नेतृत्वको नेकपा पक्षका सांसदहरुले बैठक सुचारुको माग गर्दै नाराबाजी गरेका छन् ।

प्रदेशसभा बैठक सुचारु हुनुपर्ने र मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*