मंसिर ३ गतेदेखि हराएका मनहरी ६ जोगीतालका ४ महिने शिशुको सकुशल उद्दार

राजस्थान हुँदै सिकरको खाङ्गडीबाट उद्दार गरिएका शिशुलाई १९ गतेसम्म नेपाल ल्याइपुर्याइने
छहारी संवाददाता
माघ १७, २०७७

दुई महिनादेखि अपहरणमा परेका मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालका ४ महिने शिशुको उद्दार भएको छ । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण मंसिर ३ गते साँझदेखि अपहरणमा परेका थिए ।

पारिवारिक नाता पर्ने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पु¥याएका शिशुलाई मनहरी गाउँपालिकाले उद्दार गरेको हो । गाउँपालिकाको टिमले राजस्थान हुँदै सिकरको खाङ्गडीबाट शिशुको सकुसल उद्दार गरेको हो । शिशु अपहरणमा परेको दुई महिनापछि मनहरी गाउँपालिकाले उद्दारको लागि टिम बनाएको थियो ।

नेपाल प्रहरी, माइती नेपाल काठमाडौ, एनसीआरसी, मिसन रेस्क्यू अप्रेसन दिल्ली, राजस्तान मुक्ती धारा, सिविन नेपाल लगायतको टोलीले शिशुको उद्दार गरेको हो । अपहरणमा परेका आफ्नो गाउँपालिकाको नागरिकको उद्दार गर्न सकिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुसी व्यक्त गर्नु भएको छ ।

‘शिशुलाई सकुशल उद्दार गरिएको छ । हाम्रो ५ सदस्यीय टोली शिशुलाई लिएर राजस्थानबाट फर्किदैछ’, उहाँले भन्नुभयो, ‘ढिलोमा १९ गतेसम्म टोली नेपाल आइपुग्नेछ । अपहरणको बिषयमा पुष १७ गते जानकारी भएपछि गाउँपालिकाले खोजी कार्यलाई अघि बढाएको थियो ।

नाता पर्ने मान्छेले लिएर गएको भन्ने जानकारी पाएपश्चात उद्दारका लागि टोली बनाएको थियो । उद्दारको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय भएको थियो । गाउँपालिकाको तर्फबाट वडा सदस्य पुस्कर सुवेदी, शिशुको आमा, माइती नेपालकी माया लामा तथा प्रहरीको टोली राजस्थान पुगेको थियो ।

मंसिर ३ गते साँझ ६ बजेतिर सुताएर राखेको छोरोलाई कोक्रो र घरमा नभेटिएपछि बालकको बुवाआमा अत्तालिएका थिए । दिउँसो बच्चा खेलाइरहेका आफन्त बस्ने गरेको घरको कोठा खानतलासी गर्दा उनको सामानहरु नभेटेपछि उनैले लगेको हुनसक्ने आशंकासहित प्रहरीमा उजुरी परेपछि खोजीकार्य तीव्र पारिएको थियो ।

प्रदेश दैनिकमा पकाशित खबर हामीले साभार गरेका हौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*