मनहरीमा दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासीको तथ्याङ्क संकलन गरिँदै

छहारी संवाददाता
माघ १७, २०७७

मकवानपुरको मनहरीमा दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासीको विवरण र तथ्याङ्क संकलन सुरु गरिने भएको छ । त्यसका लागि विवरण र तथ्याङक संकलन इकाई भूमि व्यावस्थापन शाखा मनहरीको रजैयामा स्थापना गरीएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो ।

यस कार्यका लागि गाउँपालिकाका दुई र केन्द्रबाट दुई गरी ४ जना अमिन, दुई जना सर्वेक्षेक, तिन जना कम्पुटर अपरेटर रहनेछन् भने ७ जना तथ्याङ्क संकलक कर्मचारी छनौट गरी तालिम दिने र फिल्डमा खटाइने उहाँले बताउनुभयो । आवश्यकता अनुसार कर्मचारी थप हुन सक्ने उहाँको भनाई छ ।

यही माघ १९ गते भूमि व्यवस्थापन आयोगका प्रतिनिधी, जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी सहितको उपस्थितीमा तालिम गर्ने र २२ गतेदेखि गाउँ गाउँमा गई दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासीहरुको तथ्याङ्क संकलन गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

आगामी असार मसान्तसम्ममा संकलन र नापीको काम सकेर पूर्जा वितरणको लागि प्रदेश सरकारलाई चिठ्ठी पठाउने उहाँले बताउनुभयो । जग्गा भएका तर पुर्जा नभएका र जग्गानै नभएका दलितहरु कति छन् भनी तथ्याङक संकलन गर्न लागिएको उहाँको भनाई छ ।

सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगमा यसको विवरण बुझाएपछी उसैले निर्णय गर्ने उहाँले बताउनुभयो । मकवानपुरका दश वटै स्थानीय तहमा यसैगरी विवरण संकलन गरेर काम गर्ने तयारी थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*