प्रमुख दलले आपसी विवादमा फसेर शहिदको सपना र त्यागलाई लत्याउन मिल्दैनः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख दलहरुले आपसी विवादमा फसेर शहिदको सपना र त्यागलाई लत्याउन नहुने बताउनुभएको छ ।
शुक्रबार शहिद दिवसको अवसरमा शहिद स्मारक विकास समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रमा अहिले दिगोशान्ति र जनतालाई सरकारप्रति भरोसा दिलाउन प्रमुख दलहरुले आपसी विवाद त्यागेर जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले शहिदहरुको त्याग, तपस्या र बलिदानबाट मुलुकमा गणतन्त्र आएको भन्दै अब शहिद घोषणा गर्ने प्रकृयालाई संघीय सरकार र प्रदेश सरकारले पनि सम्मानको लागि छुट्टै नीति तर्जुमा गर्ने पनि बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले शहिदहरुले जनताको मौलिक हकको प्रत्याभूर्ति दिलाउन र प्रजातन्त्रको सुदृढिकरण गर्न आफ्नो जीवन उत्सर्ग गरेको स्मरण गर्नुभएको छ ।
शहिद स्मारक स्थित शहिद स्तम्भमा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी अर्पण गरिरेर दिवस मनाईएको हो । शहिद स्मारक मुलद्धारबाट र्याली सहित स्मारक परिषरमा रहेको शहिदहरुको प्रतिमामा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी अर्पण गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, कृषिमन्त्री दावा दोर्जेलामा, प्रमुख प्रतिपक्षिदलका नेता ईन्द्र बहादुर बाँनिय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले सहिदहरुको प्रतिमामा पुष्पगुच्छा अपर्ण गर्नुभएको थियो ।
प्रदेश स्तरीय शहिद दिवस मुल समारोह समितिका संयोजक एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता तथा प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।