दिव्यतारा सहकारी र रेडियो मकवानपुरले स्थापना दिवस तथा वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्ने
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरले बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरि मनाउदै छन् । बिहीबार रेडियोमा पत्रकार सम्मेलन गरि सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम बारे गरी मनाउन लागिएको कारी गराईएको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन भोली भोली शुक्रबार सहीद दिवसको असर पारेर ‘सहीद’ शीर्षकमा माविका विद्यार्थीबीच कविता प्रतियोगिता गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार पुरस्कारको व्यवस्था गरिएको रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिनुुुभयो ।
यसैगरी शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुई घरलाई खरको छानामुक्त गर्ने अभियान अन्तर्गत जस्तापाताको लागि जनही २५ हजार रुपैयाँ प्रदान गरिने समितिका अध्यक्ष पराजुलीले बताउनुुुभयो ।
यस्तै साताव्यापी कार्यक्रम अन्तर्गत २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता तथा पत्रकार महिलाहरु बिच फुट्सल प्रतियोगिता हुनेछ भने २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको पराजुलीले जानकारी दिनुभयो ।
समापनको दिन समाजमा उत्कृष्ट कार्य गरी योगदान पु¥याएका दुईजनालाई नगदसहित सामुदायिक सम्मान, रेडियोका एक उत्कृष्ट कर्मचारीलाई सम्मान, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान तथा दिव्यतारा सहकारीका संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरिने पनि अध्यक्ष पराजुलीले बताउनुभयो ।
कार्यक्रममा दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले नगरभित्रकै महिला, दलित वा विपन्न दुई परिवारलाई जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले सहकारीले दुईवटा उद्योग सञ्चालनको तयारी गरिरहेको, महिलाका लागि सहुलियत कर्जा प्रदान गर्दै आएको र सहकारीलाई प्रादेशिक बनाउने अभियानमा रहेको समेत जानकारी दिनुभयो ।