नागरिकको तनाव व्यवस्थापनका लागि बागमती प्रदेश प्रहरीद्वारा संगित थेरापी कार्यक्रम आयोजना
आम नागरिकको तनाव व्यवस्थापनका लागि बागमती प्रदेश प्रहरी कार्यालयले बिहीबार संगित थेरापी कार्यक्रम गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगाएतका विविध समस्याका कारण तनावमा परेका नागरिकहरुलाई लक्षित गर्दै प्रदेश प्रहरीले संगित थेरापी कार्यक्रम आयोजना गरेको हो । सहिद दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी ब्याण्ड गुल्मको संगित प्रस्तुती रहेको थियो ।
पहिलो पटक आयोजना गरेको संगीत थेरापी कार्यक्रम अब हरेक महिनाको १५ गते आयोजना गर्ने कार्यालयले जनाएको छ । कार्यालयले स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै आगामि कार्यक्रमहरुमा सहभागी हुन आमनागरिकहरुलाई आग्रह समेत गरेको छ ।