राष्ट्रपति भण्डारीले चैत १५ गते संसदमा सम्बोधन गर्नुहुने

छहारी संवाददाता
चैत्र १२, २०७४

मन्त्रिपरिषदको सोमबारको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि सनचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*