कलैया उपमहानगरपालिकाको मेयरमा राजेश यादव र उपमेयरमा रहिमा खातुनलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले बारामा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले कलैया उपमहानगरपालिकाको मेयरमा राजेश यादव र उपमेयरमा रहिमा खातुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा कृष्णव्रत सिंह र उपमेयरमा नारायणी रायमाझी, निजगढ नगरपालिकाको मेयरमा सुरेश खनाल, कोल्हवी नगरपालिकाको मेयरमा मुरलीधर चौधरी, महागढीमाई नगरपालिकाको मेयरमा उपेन्द्र प्रसाद यादव, सिम्रौनगढ नगरपालिका मेयरमा विजयशंकर यादव, पचरौता नगरपालिकाको मेयरमा किशोरी यादवलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले बताउनु भयो ।
कांग्रेसले गढी गाउँपालिकाको अध्यक्षमा देवदत्त बछार, फेटा गाउँपालिकाको अध्यक्षमा रुस्तम अंसारी, करैयामाई गाउँपालिकाको अध्यक्षमा भुनेश्वर चौधरी धामी, प्रसौनी गाउँपालिकाको अध्यक्षमा हरि पटेल, परवानीपुर गाउँपालिकाको अध्यक्षमा लालबाबु यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
दईवटा उपमहानगरपालिका र निजगढ नगरपालिकामा टिकट वितरणको विषयमा नेपाली कांग्रेसका नेताहरुबिच तिव्र विवाद हुँदै आएकोमा मंगलबार उम्मेदवारको टुंगो लगाएको हो ।