बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

छहारी संवाददाता
कार्तिक ५, २०८१

बागमती प्रदेशका लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख देवकोटाले आइतबार श्रेष्ठलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्नुभएको थियो । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत रहनुभएको थियो । श्रेष्ठ गत शुक्रवार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकाश पाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*