प्रदेश सभामा रहेको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत सेवा प्रवाह गर्ने

छहारी संवाददाता
अशोज १७, २०८०

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल र बागमती प्रदेश सभा सचिवालयबीच एम्बुलेन्स सञ्चालन सहकार्य सम्झौता भएको छ प्रदेश सभा सचिवालयमा रहेको बागमती प्रदेश ०३–००१–झ ०१५३ नम्बरको एम्बुलेन्स हेटौंडा अस्पताललाई प्रयोग गर्न दिने सहमती भएको हो ।

बुधबार प्रदेश सभा सचिवालयका तर्फबाट सचिव पूर्ण बहादुर दर्जी र हेटौंडा अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश सभा सञ्चालन अवधी र समिति बैठक बसेको समयमा एम्बुलेन्स प्रदेश सभा परिसरमा रहने र अन्य समयमा नागरिकको सेवामा प्रयोग गरिने सम्झौता पत्रमा उल्लेख छ ।

‘बी ग्रेड’ को एम्बुलेन्स आजै अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्यको लागि ल्याइएको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत आपतकालिन सेवा प्रवाह गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*