निर्वाचन अपडेट: बानियाँ थापा भन्दा १ हजार ५३९ मतले अगाडि

छहारी संवाददाता
मंसिर ७, २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मतान्तर बढाएका छन् ।

सो क्षेत्रमा ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत पाएका छन् । बानियाँले थापालाई १ हजार ५३९ मतले पछाडि पारेका छन् । मतगणना जारी रहेको छ । सो क्षेत्रमा कूल ४० हजार ५९९ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*