रौतहटका पत्रकार चञ्चल खलनायकको भुमिकामा
समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्य ले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । जसको मुहुर्त हिजो गौरमा सम्पन्न भएको छ । पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा सम्पन्न भएको मुहुर्त कार्यक्रममा फिल्मको ब्यानरलाई सार्वजनिक गर्दै प्रमुख अतिथि पत्रकार महासंघ रौतहटको अध्यक्ष रबिन्द्र साहले मैनवति बालेर सुरुआत गर्नु भएका थिए ।
सुधिर ईन्टरटेनमेन्ट प्रा।लिको ब्यानरमा बन्न गई रहेको फिल्म आर पारको निर्देशन जनक राम न्यौपानेले गर्नु भएको छ । फिल्ममा स्थानिय कलाकार सुरज मिश्रा,रणधिर सहनी नायकको भुमिकामा रहेका छन् भने पत्रकार राही चञ्चलले खलनायकको भुमिका निर्वाह गर्दै हुनु हुन्छ । साथै नायिकाको रुपमा श्वेता शर्मा रहेको र महिला कलाकारमा एलिना भट्ट,किरण ठाकुर,अपर्णा झा,तोहफा अर्चनम सहित रहेका छन् । साथै राहुल सिंह,संतोष यादब,नेक महमद हुसैन,रामविश्वास मुखिया,विवेक राज,देव देहाती,दिलिप दिलदार,राजेश गुप्ता, पिन्टु श्रीवास्तव,गौतम झाले आफनो अभिनय प्रस्तुत गर्ने भएका छन् ।
मुहुर्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पत्रकार महासंघ रौतहटका अध्यक्ष साहले फिल्मको उतरोत्तर प्रगतिको साथै कलाकारहरुको उज्ज्वल भविष्य को कामना गर्नु भयोको छ । साथै फिल्ममा पत्रकारिता क्षेत्रबाट पनि पत्रकार साथिहरु अभिनय गरेकोले आफु धेरै नै खुशी भएको धारण व्यक्त गरेका थिए । कार्यक्रममा फिल्ममा नायकको भुमिकामा रहेको सुरज मिश्राले आफु ग्रामीण क्षेत्रबाट आएकोले हाम्रो समाजमा रहेको समस्यामा अधारित फिल्म बनाउन लागेको बताउदै यसमा सबैको सहयोगको आवश्यक्ता रहेको बताएका छन ।