पलेशा गोवर्धन र एरिका गुरूङ बागमती प्रदेश सरकारबाट नगद सहित सम्मानित

छहारी संवाददाता
अशोज ३, २०८१

पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठुलो पदक विजेता पलेशालाई नगद १० लाख रुपैयाँ सहित सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै पलेशाले सम्मानले ऊर्जा थपिएको बताउनुभयो । आउँदो पुस्ताको लागि आफु उदाहरण बन्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले पर्याप्त स्रोतसाधन विना, विभिन्न चुनौतीका बिचपनि दृढ इक्छाशक्ति भए सफल भइने भन्दै उहाँले नयाँ पुस्तालाई हिम्मत देखाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख रुपैयाँ प्रदान गरिएको थियो भने कार्यक्रम अघि पलेशा र प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।

कार्यक्रममा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरिएको थियो भने एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख सहित सम्मान गरियो । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उहाँकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*