नवौं राष्ट्रिय हेटौंडा भेट्रान्सः मंगलबार ५ खेल सम्पन्न, नागस्वतीको विजयी सुरुवात

छहारी संवाददाता
फाल्गुन २२, २०८०

नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ५ मा रहेको क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा मंगलबार पाँच वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । बौद्ध भेट्रान्स काठमाडौंलाई ५–१ गोल अन्तरले पराजित गर्दै नागस्वती बिजयी भएको हो । आजको पहिलो खेलको म्यान अफ म्याच नागस्वतीका निमा लामा घोषित भए ।

यस्तै दोस्रो खेलमा अभिषेक चर्च नवालपरासीलाई बानेश्वर फ्रेन्स भेट्रान्सले ३–० गोलले पराजित गरेको छ । यो खेलको म्यान अफ दि म्याच बानेश्वरका महेन्द्र विश्वास खवास घोषित भए ।

यस्तै मंगलबार नै भएको तेश्रो खेलमा पशुपति भेट्रान्स हेटौंडा विजयी भएको छ । पशुपतिले थारू भेट्रान्स सिमरालाई २–० गोल अन्तरले पराजित गरेको हो । यस खेलको म्यान अफ दि म्याच पशुपति भेट्रान्सका सुवोध ढुंगेल घोषित भए ।

यसैगरी चितवन भेट्रान्स र सिमरा भेट्रान्स बीच भएको चौथो खेलमा चितवन विजयी भएको छ । चितवन भेट्रान्सले सिमरा भेट्रान्सलाई ३–१ गेलले पराजित गरेको हो । चौथो खेलको म्यान अफ दि म्याच चितवनका रविद्र श्रेष्ठ घोषित भए ।

यस्तै मंगलबारको पाँचौ तथा अन्तिम खेलमा आयोजक हेटौंडा भेट्रान्स क्लबले नवजिवन जागृती भेट्रान्स सिमरालाई १–० गोलले पराजित गरेको छ । आजको अन्तिम खेलको म्यान अफ दि म्याच हेटौंडा भेट्रान्सका संजय थापा घोषित भए ।

२६ गतेसम्म चल्ने प्रतियोगितामा १८ क्लबको सहभागिता छ । स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा ४५ वर्ष उमेर माथिका पुर्व खेलाडीहरुको सहभागीता छ । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एकसय १ रुपैयाँ र उपविजेताले पचपन्न हजार पाँच सय ५० रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करीब १४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिता संचालनको लागि हेटौंडा उपमहानगरपालिकाबाट चार लाख र हेटौंडा स्कुल अफ म्यानेज्मेन्टबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम भने आन्तरीक रुपमा व्यवस्थापन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दर्शकहरुलाई प्रवेश निशुल्क रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*