खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता फागुन १८ गते हुने

छहारी संवाददाता
फाल्गुन १३, २०८०

हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

गत वर्षहरुमा जिल्ला स्तरीय प्रतियोगितामा सिमित रहेको हेटौंडा रनलाई चालु बर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागिएको हो । हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता फागुन १८ गते हुने आईतबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

हेटौंडाको बुद्धचौकबाट हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचौकमा आई ५ किलोमिटर लामो दौडपुरा हुने नगर खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रबिन्द्र घिमिरेले जानकारी दिए ।

दौडमा १६ बर्ष उमेर पुरा भएका नेपाली नागरीक सहभागि हुन पाउँने प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र दुई जनालाई क्रमश ः ६०, ५०, ४० र प्रोत्साहन स्वरुप दुई जनालाई १०÷१० हजार रुपियाँ पुरस्कार दिइने उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख बसन्त सिटौंैलाले जानकारी दिए । प्रतियोगितामा सहभागि हुन चाहनेले फागुन १८ गते विहान ६ः४५ बजे सम्म नाम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

४ लाख रुपियाँ बजेट अनुमान गरीएको प्रतियोगितामा १०० जनाको सहभागिता रहने अनुमान गरीएको छ । उपमहानगरको खेलकुद तालिका अनुसार सञ्चालन हुन लागेको प्रतियोगिताका लागि चालु आर्थिक बर्ष २०८०÷०८१ मा बजेट बिनियोजन गरीएको हो । यससँगै समितिले आगामि दिनमा मेयर कप फुटबल र व्याटमिन्टन प्रतियोगिता आगामी दिनमा सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नगर खेलकुद बिकास समितिका अध्यक्ष घिमिरेको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा समितिका सदस्यहरु यज्ञबहादुर राय
९बिनोद०, बिजय गौतम र संगिता केसीको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*