छैटौं बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि शनिबार मछिन्द्र र जावलाखेल भिड्दै

छहारी संवाददाता
फाल्गुन ५, २०८०

छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ ।

मकवानपुरको बागमती गाउँपालिकामा ८ स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । विजयी टिमले फाइनल प्रवेशका लागि न्यरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*