ध्वनी प्रदुषण नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण

छहारी संवाददाता
मंसिर २४, २०८०

जन सरोकार केन्द्र मकवानपुरले वातावरण तथा ध्वनी प्रदुषण नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार केन्द्रका संयोजक ध्रुब प्रसाद चौलागाईले प्रमुख जिल्ला अधिकारी सुर्य प्रसनद सेढाईलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । वातावरण तथा ध्वनी प्रदुषणका कारण मानिसमा मानसिक समस्या, मुटु रोगीहरुलाई समस्या हुने, श्रवण शक्तीमा ह्रास आउने जस्ता समस्याहरु आउने भन्दै संयोजक चौलागाईले नियन्त्रणका लागि पहल गरिदिन ध्यानाकर्षण गरिएको बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले केन्द्रको माग जायज भएको भन्दै वातावरण प्रदुषण र ध्वनी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल गर्ने बताउनुभयो । उहाँले शहरलाई स्वच्छ राख्ने कुरा सकारात्मक भएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने बताउनुभयो ।

केन्द्रले ७ बुँदे माग राख्दै जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, जिल्ला स्थित विभिन्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरुसंग परामर्श गरी सहकार्य गर्न ध्यानाकर्ष गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*