नेकपा एमाले मकवानपुरका नेता र पार्टी अध्यक्ष ओलीसंग भेटवार्ता

छहारी संवाददाता
अशोज १५, २०७९

नेकपा एमाले मकवानपुरका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन् ।

भेटका क्रममा मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा एमालेलाई जिताउने विषयमा छलफल भएको बुझिएको छ । अध्यक्ष ओलीसंग एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नविन सिग्देल लगायतका नेतहरुले भेट गर्नु भएको हो ।

भेटका क्रममा आगामी चुनावी रणनीतिका विषयमा अध्यक्षलाई जानकारी गराएको मकवानपुर अध्यक्ष श्रेष्ठले बताउनुभयो । मंसिर ४ गतेको चुनावमा पाँच दलिय गठवन्धनलाई हराउनका लागि एमाले एक्लै सक्षम रहेको पनि अध्यक्ष ओलीलाई जानकारी उहाँले बताउनुभयो । एमाले मकवानपुरका नेताहरुले राम्रा, सक्षम र जित्न सक्ने उम्मेदवारलाई टिकट दिनका लागि पनि केन्द्रीय अध्यक्षसंग आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*