निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्वन्धमा हेटौंडामा छलफल

छहारी संवाददाता
अशोज १३, २०७९

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्वन्धमा हेटौंडामा आज छलफल कार्यक्रम गरिएको छ । सृजनशील नेपालको आयोजना, महिला गैरसरकारी संस्था महासंघ र संकल्पको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णु मायाँ ओझाले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिताका लागि सबै दलहरुले जोड दिन आग्रह गर्नुभयो । अझै पनि दलहरुले महिलालाई प्रतक्षतर्फको उम्मेदवार बनाउनबाट बन्चित गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागि मकवानपुरका विभीन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थामा आवद्ध व्यक्तित्वहरुले महिलालाई स्थानीय तहको चुनाबमा पनि प्रमुख पदमा उम्मेदवार बनाउनबाट रोकेको र उपप्रमुख पदमा पनि गठवन्धनका नाममा पुरुषलाईनै उम्मेदवार बनाइएको बताएका छन् ।

कार्यक्रममा सृजनशील नेपालका सल्लहकार रामकृष्ण थापाले गएको स्थानीय तहको चुनाबमा मकवानपुरका दश वटै स्थानीय तहमा महिलाहरुको उम्मेदवारी र चुनाबमा विजयी भएपछी अहिले गरेको प्रतिधित्वका बारेमा प्रस्तुतीकरण मार्फत स्पष्ट जानकारी गराउनुभयो । यसैगरी सृजनशील नेपालका कार्यक्रम संयोजक सम्झना गोलेले आफ्नो संस्थाहले हाल सम्म गरेका राम्रा कामका बारेमा जानकारी गराउनु भएको थियो ।

सृजनशील नेपालका अध्यक्ष शान्ता बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रिता ढुंगेलले स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य तथा संस्थाका सल्लाहकार मदन कुमार दाहाल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईं, नेकपा एमाले मकवानपुरका इश्वर प्रसाद मैनाली, नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य सर्मिला श्रेष्ठ, कांग्रेस महाधिवेशन प्रतिनिधि मिरा स्याङतान, नेकपा एकिकृत समाजबादीका जिल्ला सदस्य नारायण प्रसाद तिमल्सीना, राप्रपा मकवानपुरका नेता राजन मैनाली, नेकपा माओबादी केन्द्र मकवानपुरका नेता रामहरी सुवेदी, रन्जना श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । सहभागि सबैले निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*