बागमती प्रदेश सभा: पहिलो कार्यकालको अन्तिम दिन शुभकामना आदानप्रदान कार्यक्रम

छहारी संवाददाता
अशोज १, २०७९

बागमती प्रदेश सभाले पहिलो कार्यकालको अन्तिम दिन शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

नजिक आउँदै गरेको पर्वलाई लक्षित गर्दै प्रदेश सभाले शुभकामना आदानप्रदान गरेको हो । सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षतमा भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता थियो ।

सो अवसरमा बागमती प्रदेश प्रमुखबाट प्रदेशसभाले सञ्चालनमा ल्याएको ईलाइब्रेरीको सुभारम्भ गर्नुभयो । प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम दिन प्रदेश सभा सदस्यलाई स्मरणपत्र वितरणका साथै प्रत्येक सांसदहरुलाई पाँच वर्षको अवधिमा सभामा बोलेका विषयवस्तुलाई समेटिएको पेनड्राइभ प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*