नेतृत्वबाटै गणतन्त्र मास्ने काम भयोः मुख्यमन्त्री पाण्डे

छहारी संवाददाता
जेष्ठ १५, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्रको संरक्षण र संस्थागत गर्न नसकेको बताउनु भएको छ ।

बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा भएको गणतन्त्र दिवसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गणतन्त्रको संस्थागतका लागि काम गर्न नसक्नु अहिलेका राज्य व्यवस्थाको नेतृत्वकर्ताहरुको कमजोरी भएको बताउनुभयो । नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भएको उहाँले दाबी गर्नुभयो ।

आगामी दिनमा गणतन्त्र र संविधानका रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई छ । मुख्यमन्त्री पाण्डेले परिवर्तन पछि बनेका हरेक सरकारले जनतालाई विर्सने काम गरेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापना पश्चात बनेको सरकारले जनताको आर्थिक सामाजिक अवस्था लाई परिवर्तन गर्न नसकेको स्वीकार गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*