बागमती गाकाको अध्यक्षमा पुनः सर्केश घलान निर्वाचित

छहारी संवाददाता
जेष्ठ ६, २०७९

बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सर्केश घलान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मत गणना अनुसार, घलान ७ हजार ३८४ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घलानले अर्का प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन् । पराजित मगरलाई ६ हजार १६६ मत प्राप्त भएको छ । यस्तै, पालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । तिमल्सिना ७ हजार ९ सय ३५ मतसहित पालिकाको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*