हेटौंडा १२ को वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि घलान निर्वाचित

छहारी संवाददाता
जेष्ठ ६, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को अध्यक्षमा ललित घलान विजयी भएका छन् ।

शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, घलान २ हजार २७८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए ।

यस्तै, अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २ सय ७२ मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २ सय १६ मत प्राप्त गरेका छन् । हेटौंडा १२ मा ४ हजार ५ सय २५ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*