हेटौंडा ८ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका थापा विजयी

छहारी संवाददाता
जेष्ठ ६, २०७९

हेटौंडा ८ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी हुनु भएको छ ।

उहाँले नेकपा एमालेका बोल बहादुर कार्कीलाई २४५ मतले पछी पार्दै जित हासिल गर्नु भएको हो । थापाले २२१३ मत प्राप्त गर्दा कार्कीले १९६८ मत प्राप्त गर्नु भएको थियो ।

थापा एमालेको ४ दशको लामो इतिहासलाई तोडदै वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । ८ नम्बर वडामा थापा नेतृत्व गठबन्धनका २ सदस्य र २ जना एमालेका सदस्य निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*