काठमाडौंको मेयरमा बालेन शाहको अग्रता कायमै, स्थापित १०१६३ मतले पछि

छहारी संवाददाता
जेष्ठ ५, २०७९

काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहले १० हजार एक सय ६३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गर्नुभएकाे छ । एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहनुभएकाे छ । डंगाेलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गर्नुभएकाे हाे । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गर्नुभएकाे छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*