५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

छहारी संवाददाता
जेष्ठ ५, २०७९

पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १९२ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले 
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १०३ वटा गाउँपालिकाको अध्यक्ष गरी १४९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १०१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १५८ वटा जितेको छ । एमालेले एक हजार ७१५ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी 
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १०८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९१९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् । साभार: उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*