३५९ मत गन्न बाँकी छँदै हेटौंडा २ मा कांग्रेसका विष्णु गोपाल महर्जन विजयी

छहारी संवाददाता
जेष्ठ २, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसका विष्णु गोपाल महर्जन विजयी हुनु भएको छ । यद्यपी केहि मत गन्न बाँकी रहेकाले आधिकारी घोषणा भ ने भइसकेको छैन ।

महर्जनले एमालेका हरि बहादुर राउतलाई पछि पार्नु भएको हो । तेस्रो स्थानमा राप्रपाका किशोर ढकाल हुनुहुन्छ भने चौथो स्थानमा स्वतन्त्र उम्मेदवार सुदिप राजवाहक हुनुहुन्छ । वडा नम्वर २ मा जम्मा ३ हजार २ ८६ मत खसेकोमा हालसम्म २ हजार ९२६ मत गणना भइसकेको छ । अब जम्मा ३५९ मत मात्रै गन्न बाँकी छ ।

२ हजार ९२६ मत गणना हुँदा नै ३६५ मतले अग्रता लिएपछि महर्जन विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका राउतले ७२४ मत प्राप्त गर्नुभयो भने राप्रपाका ढकालले ४८४ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*