स्थानीय तह निर्वाचनः हिदम लामा पुनः भीमफेदी गापा अध्यक्ष

छहारी संवाददाता
जेष्ठ २, २०७९

एमालेका हिदम लामा पुनः भीमफेदी गाउँपालिका अध्यक्ष बन्नु भएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को जारी मतगणनामा लामाले ५५९१ मत प्रप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिष्पर्धी गठबन्धनको तर्फबाट माओवादीका उम्मेद्वार बद्रीबहादुर स्याङ्तानले ५२०९ मत प्राप्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्षमा भने एमालेकी उम्मेद्वार पार्वती राना १६ मतान्तरले पराजित हुनु भएको छ । रानालाई गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठल् पराजित गर्नु भएको हो । श्रेष्ठले ५३१५ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*