निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि राक्सिराङमा मतगणना रोकियो

छहारी संवाददाता
जेष्ठ १, २०७९

मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ ।

मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो । हालसम्म गणना भएको परिणाम अनुसार राक्सिराङमा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् ।

कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् । उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् । उनलाई माओवादीका बनस्तम थिङले १४८४ मतका साथ पछ्याइरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*