स्थानीय तह निर्वाचन: मकवानपुर गढी गापाको २ वडाको मतगणना जारी

छहारी संवाददाता
बैशाख ३१, २०७९

मकवानपुरगढी गाउँपालिकाको दुइ वटा वडामा मतगणना सुरु भएको छ । मतगणनाको सुरुवातमा गठबन्धनको अग्रता देखिएको छ । मकवानपुरगढी गाउँपालिकामा वडा नम्वर १ र ८ को मतगणना जारी छ । पहिलो १०० मत गन्दा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ५६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३८ मत पाएका छन् ।

आज विहानैबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ को कार्यालयमा मतगणना जारी रहेको छ । मकवानपुरगढीमा कुल १९ हजार ११८ मतदाता रहेकोमा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् ।

वडा नम्बर १ मा १ हजार ९६७ मतदाता मध्ये १ हजार ४५९ जनाले मतदान गरेका छन् भने वडा नम्बर ८ मा कुल मतदाता १ हजार ५२२ मा १ हजार ८१ मत खसेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*